NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

संसद् अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । शनिबार राति १२ बजेदेखि संसद्को अधिवेशन गर्न सरकारले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

सरकारले मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिसकेको छ । सोहीअनुसार गृहकार्य भइरहेको छ ।