NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ब्रोकर लाइसेन्स अनुमतिपत्रका लागि बोर्डले माग्यो आवेदन

काठमाडाैं । धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । बोर्डले आइतबार एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

धितोपत्रसम्बन्धी  एन २०६३ र सो अन्तर्गत बनेको नियम तथा प्रचलित कानुनको अधिनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र एनसम्बन्धी एन तथा नियमवालीबमोजिम योग्यता पुगेका संस्थाले सूचना प्रकाशित भएको ३० दिन भित्र बोर्डमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन पेस गर्न बोर्डले भनेको हो । निवेदन पेस गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको लगरी कार्यालय खुलेको दिन कार्यालय समय भित्र निवेदन बुझाउन सकिने बोर्डले जनाएको छ ।

धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकाले ब्रोकर थप्न लागेको बोर्डले जनाएको छ ।

यसका लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानूनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले आवेदन दिन पाउनेछन् ।

निवेदन पेस गर्दा निवेदकको नाम, ठेगाना स्पष्ट खुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकेबमोजिम निवेदन, दस्तुर, विवरण तथा काजगजत बोर्डमा पेस गर्नुपर्नेछ ।

रितपूर्वक नभएका वा म्याद नाघी आएका वा कुनै सर्त समावेश गरी पेस भएका निवेदन उपर कुनै कारवाही हुने नहुने बोर्डले जनाएको छ सूचना बमोजिम बोर्डमा पेश हुन आएका कुनै वा सबै निवेदन स्वीकृत गर्ने वा नगर्ने निर्णय बोर्डले नै गर्ने छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष