NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

सिक्लेस हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सर्वसाधारणले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको थियो ।

कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ५५ अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ५८ हजार कित्ता सर्वसाधारणका लागि लागि कम्पनीले छुट्याएको थियो ।

लगानीकर्ताले आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको बिक्री प्रबन्धकमाबीओके क्यापिटल मार्केट रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष