महिनाको पहिलो कारोबारमा बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । महिनाको पहिलो कारोबारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । आज सुन तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँ तोकिएको महासंघको विवरणमा उल्लेख छ । शुक्रबार सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ कायम थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार यसको मूल्य तोलामा ११ सय ७० रुपैयाँ थियो ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया