महिनाको पहिलो कारोबारमा बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । महिनाको पहिलो कारोबारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । आज सुन तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँ तोकिएको महासंघको विवरणमा उल्लेख छ । शुक्रबार सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ कायम थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार यसको मूल्य तोलामा ११ सय ७० रुपैयाँ थियो ।
प्रतिक्रिया