वरिष्ठ पत्रकार गौतमको निधन

काठमाडौं । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आज ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो ।
नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार गौतमलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि बीएण्डबी अस्पताल भर्ना गरिएको थियो ।
नेपाल पत्रकार महासङ्घका पूर्वकार्यबहाक अध्यक्ष तथा सम्पादक समाजका पूर्वअध्यक्षसमेत रहेका गौतमक श्रीमती र दुई छोरा छन् । उनी काठमाडौंको कमलपोखरीमा जन्मिएका थिए । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका सदस्य गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया