NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सुजुकीको ’पर्वोत्सव’ ग्राहक योजना सुरु,के-के छन् अफर ?

काठमाडाैं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन् ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूममा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कार बमोजिम फरक फरक हिसाबका छुट लागू हुनेछन् ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेल बिक्री बितरण गर्दै आएको छ । यो योजना सिमित अवधिका लागि मात्र जारी गरिएको छ ।