सुजुकीको ’पर्वोत्सव’ ग्राहक योजना सुरु,के-के छन् अफर ?
काठमाडाैं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन् ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूममा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कार बमोजिम फरक फरक हिसाबका छुट लागू हुनेछन् ।
सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेल बिक्री बितरण गर्दै आएको छ । यो योजना सिमित अवधिका लागि मात्र जारी गरिएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया