नाइजेरियामा सडक दुर्घटनामा परी १९ जनाको मृत्यु
काठमाडाैं । नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो ।
सो दुर्घटनामा परेर अरु सात जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । राजधानी अबुजाको यान्जी ग्वालादा सडकमा सो दुर्घटना भएको हो । सडक विभागका एक अधिकारीले यहाँको उक्त सडकमा बस र ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको हो ।
त्यहाँ सो सडकमा तीन ओटा सवारी साधन एक आपसमा जुधेका र जसका कारण यति धेरै नागरिकको ज्यान गएको हो । सो सडकमा तीन ओटा सवारी साधन के कसरी आपसमा जुध्न पुगेका थिए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
त्यहाँ बेपर्वाहसँग सवारी हाँक्ने, सडकको अवस्था पनि कमजोर रहेको र यहाँका सवारी साधनहरुले क्षमता भन्दा पनि बढी मात्रामा भारी बोक्ने गरेकाले समय समयमा सडक दुर्घटना हुने गरेको अधिकारीहरुले जनाएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया