महासचिव गुटरेसको निष्कर्ष : विश्व अनिश्चय र अनिष्टको जोखिमपूर्ण परिस्थितिमा पुग्यो
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले वर्तमान विश्व विशाल अनिश्चय र अनिष्टको जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् ।
तीनवर्षपछि विश्व नेताहरूको भौतिक उपस्थितिमा भएको ७७ औँ राष्ट्रसङ्घीय महासभालाई आज सम्बोधन गर्ने मन्तव्यमा उनले द्वन्द्व र जलवायु प्रकोप, बढ्दो गरिबी र असमानतासँगै रूसले युक्रेनमा आक्रमण गरेपछि विश्व नै अनिश्चय र अनिष्टको जोखिमपूर्ण परिस्थितिमा पुगेको वास्तविकता औँल्याउने राष्ट्रसङ्घका प्रवक्ताले उल्लेख गरेका छन् । महासचिवले युक्रेन युद्धपछि शक्तिराष्ट्रबीचको विभाजन समयमै सम्बोधन हुनुपर्नेमा पनि जोड दिने उनले बताए ।
महासचिवको मन्तव्यमा कोभिड–१९ महामारीले विश्वमा पारेको प्रभाव तथा विकासोन्मुख राष्ट्रलाई त्यसका असरबाट पार पाउन हम्मेहम्मे परेको, त्यसनिम्ति पूँजीमा पहुँच नपुगको कटु यथार्थ चित्रित हुने, महामारीका कारण शिक्षा, स्वास्थ्य एवम् महिला अधिकारमा पारेको आघातको चर्चा गर्नुहुने राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले जनाए ।
प्रवक्ता डुजारिकका अनुसार भूराजनीतिक विभाजनले विश्वलाई नै जोखिममा पारेकाले विश्वशान्ति एवम् स्थायित्वमा आफूले जोड दिन उनले पत्रकारहरूलाई बताएका छन् । रूस र युक्रेनबीचको युद्धका कारण विश्वव्यापीरूपमा निम्तिएको खाद्य सङ्कट तथा शीतयुद्ध समाप्त भएपछि नदेखिएको प्रमुख शक्तिराष्ट्रहरूबीचको वैमनस्यतालाई सम्बोधन गर्नुपर्ने महासचिवको धारणा मन्तव्यमार्फत व्यक्त हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया