म्यान्मारको एक विद्यालयमा हवाइ आक्रमण, १३ जनाको मृत्यु
ब्याङकक । उत्तर–मध्य म्यान्मारस्थित एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात जना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ ।
म्यान्मारमा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूलाई सहयोग गर्नेहरूमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । गत शुक्रबार सागिङ क्षेत्रको ताबायिनमा ती बालबालिका मारिएका हुन् ।
प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई अपदस्थ गरेर सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो हताहती सबैभन्दा ठूलो हो ।सेनाले शासन कब्जा गरेपछि जनतस्तरमा देशव्यापीरूपमा अहिंसात्मक विरोध प्रारम्भ भएपछि सैनिक र प्रहरीले घातक कारबाही थाल्दा शहर र गाउँमा सशस्त्र प्रतिरोध जारी छ ।
राष्ट्रसङ्घीय बालकोषको पछिल्लो प्रतिवेदनअनुसार सागिङमा सेनाले भीषण कारबाही गरेको छ जहाँ केयौँ गाउँ जलाइएका थिए । सैनिक कारबाहीका कारण त्यहाँबाट झण्डै पाँच लाख सर्वसाधारण विस्थापित भएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया