जाम्बियामा दुर्घटनाबाट २३ महिलाको मृत्यु
लुकासा । सवारी दुर्घटनामा परी अफ्रिकी देश जाम्बियामा २३ महिलाको मृत्यु भएको छ ।
देशको उत्तरी क्षेत्रमा पर्ने न्सामा जिल्लामा भएको घटनामा अरु ३५ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
भार क्षमताभन्दा बढी यात्रु बोकेकाले ट्रक दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।
दुर्घटनामा परेको ट्रकमा ५८ जना यात्रु थिए । अत्यधिक यात्रु भएकाले गुडिरहेको ट्रक अनियन्त्रित भइ पहाडबाट तल खसेको हो ।
सडक यातायात तथा सुरक्षा निकायका प्रमुख कार्यकारी अधिकृत अलिनानी मिसिस्याले पनि क्षमताभन्दा धेरै यात्रु बोकेकाले ट्रक दुर्घटनामा परेको पुष्टि गरे ।
दुर्घटनामा परेको ट्रकमा रहेका यात्रु सबै युनाइटेड चर्च अफ जाम्बियाबाट फर्किदै गरेको पनि उहाँले जानकारी दिए ।
घटनाका बारेमा जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी तथा स्वयंसेवक घटनास्थलमा पुगेर खोजी तथा उद्धार गरेको उनले बताए ।
घटनामा बारेमा अनुसन्धान सुरु गरिसकिएको पनि उनले जानकारी दिए । घटनाका बारेमा विस्तृत अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिने पनि उनको भनाई छ ।
घटनाप्रति जाम्बियाका राष्ट्रपति हाकाइन्डे हिचिलेमाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि प्रकट गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया