आरोप लाग्दैमा ‘बलात्कारी’ नबनाउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । यौनजन्य घटनामा अपराध अनुसन्धानका बखत अभियुक्तको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका टीका टिप्पणीविरुद्ध सर्वोच्च अदालतमा आज रिट निवेदन दायर भएको छ ।
कानून सङ्कायका विद्यार्थी रेजिना पौडेलसमेतका तर्फबाट अधिवक्ता किशोर पौडललगायतले दायर गरेको निवेदनमा व्यक्तिको गोपनीयताको हकको संरक्षण गर्दै अभियुक्तलाई अपराधीसरह लाञ्छित गर्ने गरी भएका टीका टिप्पणी कानूनसम्मत नहुने जिकिर गरिएको छ ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाई दायर सो रिटमा परमादेश-प्रतिषेधलगायत अन्य आवश्यक उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।
पछिल्लो समय नेपालका ग्लोबल क्रिकेट स्टार सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको छ । तर, उनलाई आरेप पुष्टि नभइ केही मिडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले अपराधी करार गरिसकेको भन्दै कतिपयले विरोध जनाइरहेका छन् । यसै परिपेक्षमा सर्वोच्चमा रिट परेको हो ।
सन्दीप बचाऊँ अभियानको प्रस्ताव : दुवै पक्षलाई वार्तामा राखौं
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया