NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आरोप लाग्दैमा ‘बलात्कारी’ नबनाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । यौनजन्य घटनामा अपराध अनुसन्धानका बखत अभियुक्तको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका टीका टिप्पणीविरुद्ध सर्वोच्च अदालतमा आज रिट निवेदन दायर भएको छ ।

कानून सङ्कायका विद्यार्थी रेजिना पौडेलसमेतका तर्फबाट अधिवक्ता किशोर पौडललगायतले दायर गरेको निवेदनमा व्यक्तिको गोपनीयताको हकको संरक्षण गर्दै अभियुक्तलाई अपराधीसरह लाञ्छित गर्ने गरी भएका टीका टिप्पणी कानूनसम्मत नहुने जिकिर गरिएको छ ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाई दायर सो रिटमा परमादेश-प्रतिषेधलगायत अन्य आवश्यक उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।

पछिल्लो समय नेपालका ग्लोबल क्रिकेट स्टार सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको छ । तर, उनलाई आरेप पुष्टि नभइ केही मिडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले अपराधी करार गरिसकेको भन्दै कतिपयले विरोध जनाइरहेका छन् । यसै परिपेक्षमा सर्वोच्चमा रिट परेको हो ।

सन्दीप बचाऊँ अभियानको प्रस्ताव : दुवै पक्षलाई वार्तामा राखौं