युक्रेनको युद्ध रोक्न पुटिनका हर कुरामा सहमत हुन सकिँदैन : जर्मन चान्सलर
काठमाडौं । जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनको शान्तिका लागि पुटिनका सर्तहरू स्वीकार गर्न नसक्ने बताएका छन् ।
मंगलबार संयुक्त राष्ट्र संघको महासभामा बोल्दै उनले भने– पुटिनले यो युद्ध जित्न असम्भव छ भन्ने कुरा नबुझेसम्म रुस र युक्रेनलाई विनाशको जोखिममा पार्न ‘साम्राज्यवादी महत्वाकांक्षा’ छाड्ने छैनन्।’
शान्तिका लागि रुसी सर्त स्वीकार गर्न तयार हुन नसकिने उल्लेख गर्दै उनले युक्रेन रुसी आक्रमणको सामना गर्न सक्षम हुनुपर्ने बताए ।
उनले युक्रेनमा जारी पुटिनको आक्रमण युरोपका लागि मात्र नभएर विधि र प्रक्रियाका आधारमा चल्ने विश्व शान्ति व्यवस्थाका लागि पनि विपत्ति भएको बताए ।
उनले संयुक्त राष्ट्र संघलाई आह्वान गर्दै भने– यो शान्तिपूर्ण व्यवस्थालाई ती व्यक्तिबाट जोगाउन जरुरी छ जो बलियाले निर्धामाथि शासन गर्ने व्यवस्था चाहन्छन् ।’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया