सामसुङको ग्यालेक्सी ए०४ एस नेपाली बजारमा, कति पर्छ मूल्य ?
काठमाडौं । सामसुङले नयाँ सुविधा र विशेषताको साथ ग्यालेक्सी ए०४ एस मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो फोनले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने छ ।
फोटोग्राफीको नयाँ युग, सामसुङको ट्रिपल रियर क्यामेरा रहेको ग्यालेक्सी ए०४एसमा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपी को डेप्थ क्यामरा रहेको कम्पनीले बताएको छ । ५ एमपी सेल्फी क्यामराका साथै ग्यालेक्सी ए०४ एस ९० हर्ज रिफ्रेस रेटको साथ ६.५ एचडी र एमोलेड डिस्प्ले रहेको कम्पनीले बताएको छ ।

ग्यालेक्सी ए०४एस मोबाइल एक पटक चार्ज गर्दा २ दिनसम्म टिक्ने ५०००एमएएच ब्याट्री उपलब्ध रहेको कम्पनीको दावी छ ।
कम्पनीका अनुसार ग्यालेक्सी ए०४एस कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ । १२८ जीबी रोमसहितको ४जीबी र्याम भएको ए०४एसको मूल्य २१ हजार ९९९ रुपैयाँ र ६४ जीबी रोमसँग ४ जीबी र्याम भएको मोबाइलको मूल्य १९ हजार ९९९ रुपैयाँ रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया