नेपालगञ्ज भन्सारमा राजस्व असुलीमा कमी
नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । अवैधरुपमा मालसमान भित्रिनेक्रम बढेपछि भन्सारले केही महिनादेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको हो । अघिल्लो आर्थिक वर्षमा राजस्व असुलीमा वार्षिक लक्ष्य नभेटेको भन्सारको तथ्याङ्क हेर्दा पछिल्ला केही महिनादेखि निरन्तर मासिक लक्ष्यसमेत कमी देखिएको छ ।
भन्सार राजस्व असुलीमा गत वर्षको साउनमा लक्ष्यको १३१(४८ प्रतिशत भेटेको नेपालगञ्ज भन्सारले चालु आर्थिक वर्षको साउनसम्ममा लक्ष्यको ७५.७१ प्रतिशत मात्रै असुली गर्न सफल भएको छ । नेपालगञ्ज भन्सारले गत असारमा लक्ष्यको ७८.१० प्रतिशत, जेठमा लक्ष्यको ७७.५४ प्रतिशत, वैशाखामा ७६.७६ प्रतिशत, चैतमा ७९.१६, फागुनमा ८९.७४, माघमा ७७.३० प्रतिशत मात्रै लक्ष्य हासिल गरेको थियो ।
गत आर्थिक वर्षमा मासिक लक्ष्य साउन र असोजमा मात्रै हासिल भएको भन्सार कार्यालयले जनाएको छ । भन्सार राजस्व असुलीमा निरन्तर असफलता रहे पनि चालु आर्थिक वर्ष २०७९/८० का लागि अघिल्लो आव २०७८/७९ माभन्दा चार अर्ब बढी लक्ष्य भन्सारले पाएको छ । चालु आव २०७९/८० मा २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार रूपैयाँ लक्ष्य निधारण गरेको हो । अघिल्लो आव २०७८÷७९ मा नेपालगञ्ज भन्सारले २५ करोड २१ लाख ६ लाख ६२ हजार रूपैयाँ लक्ष्य पाएको थियो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया