चार दिन लगातार घटेपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकममा उच्च गिरावट
काठमाडाैं । चारदिनयता लगातार घटेको नेसे बुधबार सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार नेप्से सूचक ११.१९ अंकले बढेर १८४८.८० विन्दुमा पुगेको छ ।
आज नेप्से बढेपनि कारोबार रकममा भने उच्च गिरावट आएको छ । मंगलबार १ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम ७२ करोड रुपैयाँमा झरेको हो । आज कुल २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता सेयर खरिदबिक्री हुँदा ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक बढेको छ । जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचकमा उच्च बृद्धि देखिएको छ ।
आज सामलिङ पावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै समिट लघुवित्तको ५.७३ प्रतिशत, मैलुङ खोला जलविद्युतको ३.९० प्रतिशत, गणपति लघुवित्तको ३.८३ प्रतिशत र लिवर्टी इनर्जा लगानीकर्ताले ३.८० प्रतिशतका दरले कमाएका छन् ।
बुधबार विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.६३ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रोको ३.१३ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको २.५५ प्रतिशत, गुँरास लघुवित्तको २.२१ प्रतिशत र स्वाभिमान लघुवित्तको २.१५ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा आज नबिल बैंक शीर्ष स्थानमा छ । सो कम्पनीले ३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावरको २ करोड ४१ लाख, हिमालयन डिस्टिलरीको २ करोड ३९ लाख, अपी पावरको १ करोड ८६ लाख र गोर्खाज फाइनान्सको १ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया