धितोपत्र बोर्डद्वारा तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि स्वीकृत

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। कार्यविधि स्वीकृत भए सँगै नेपाल स्टक एक्सचेन्जलाई आफ्नो तथ्यांक बिक्री गर्न बाटो खुलेको छ।
बोर्डिले लामो समयपछि तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि स्वीकृत गरेको हो । यस अघि कार्यविधि स्वीकृत नभएकै कारण नेपाल स्टक एक्सचेन्जले आफ्नो डाटा बिक्री गर्न पाएको थिएन । उक्त कार्यविधि स्वीकृत भए सँगै नेप्सेले आफ्नो कुनै पनि डाटा शुल्क लिएर जो कोहीलाई बिक्री गर्न सक्ने छ ।
बोर्डले यसभन्दा अघि (दुई वर्ष) अघि नै उक्त कार्यविधि स्वीकृत गरेको थियो । स्वीकृत कार्यविधिमा टेकेर विभिन्न किसिमका डाटाको छुट्टा छुट्टै शुल्क निर्धारण गरी सूचना समेत प्रकाशित गरिसकेको थियो । तर उसले आफैले उक्त शुल्क निर्धारण गरेको र शुल्कको विषयमा बोर्डसँग परामर्श नगरेको भन्दै बोर्डले उक्त शुल्क लिन बन्देज लगाएको थियो ।
बोर्डले शुल्कको विषयमा प्रश्न उठाउँदै बन्देज लगाएपछि नेप्सेले पुनः शुल्क सहितको कार्यविधि स्विकृतिकोलागि धितोपत्र बोर्ड पठाएको थियो। नेप्सेले शुल्क सहित पठाएको कार्यविधि भने बोर्ड स्वीकृत गरेको थिए । उसले स्वीकृत नगरेकै कारण नेप्सेको डाटा बिक्री गर्ने योजना थाती रहन गएको थियो।
प्रतिक्रिया