अख्तियारद्वारा आ.व. २०७८/७९ मा ९१४ जनामाथि कारवाही, कुन प्रदेशमा कति ?
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७८/७९ काे आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । आयोगले गरेको बैठकको निर्णयसहित विस्तृत अनुसन्धानबाट कारवाही भएका संख्यालाई समेटेर बुधबार प्रतिवेदन बुझाएको हो ।
आयोगको प्रतिवेदन अनुसार गत अर्थिक वर्षमा आयोगले जम्मा ९१४ जनालाई कारवाही गरिएको छ । तीमध्ये १३० जनामाथि मुद्दा दायर भएको छ । त्यस्तै ६३७ मुद्दा तामेलीमा राखिएको प्रतिवेदनमा उल्लेख छ । ८० वटा सुझाव र १७ जनालाई कारवाही सम्बन्धमा लेखी पठाएको छ ।यसैगरी ९ वटा मुद्दा मुल्तबीमा राखेको छ भने अन्य ४१ वटा रहेका छन् ।
गत आर्थिक वर्षमा आयोगमा १६ हजार २३८ उजुरी परेको छ । अघिल्लो आर्थिक वर्षमा सरेर आएका उजुरी संख्या ८ हजार ९३ गरी जम्मा २४ हजार ३३१ उजुरी परेका प्रतिवेदनमा उल्लेख छ । तीमध्ये १७ हजार १६९ अर्थात् ७० दशमलब ६ प्रतिशत मुद्दा फच्र्यौट भएको छ । ७ हजार १३२ मुद्दा फाच्र्यौट हुन बाँकी छ ।
त्यस्तै प्रदेशतर्फ भ्रष्टाचार उजुरी र प्रवृत्ति विश्लेष्ण गर्दा सबैभन्दा बढी उजुरी मधेश प्रदेशमा २४.२५ प्रतिशत उजुरी परेको छ । त्यस्तै दोस्रोमा वाग्मती प्रदेशमा २४.१३ प्रतिशत रहेको छ । सबैभन्दा कम गण्डकी प्रदेशमा ७.६२ प्रतिशत रहेको छ । यसैगरी प्रदेश १ मा ११.६१, लुम्बिनीमा १४.१, कर्णालीमा ८.१८ र सुदूर पश्चिममा १०.२० प्रतिशत उजुरी परेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया