लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानीसम्बन्धी सम्भौता
काठमाडाैं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न भएको छ ।
उर्जा डेभलपर्सले नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका हुन ।
लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जा मार्फत देश विकासमा योगदान पु¥याइरहेको उर्जा डेभलपर्ससँग सहकार्र्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएका बताए ।
उर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले इक्विटी लगानीका लागि लक्ष्मी क्यापिटललाई आभार व्यक्त गदै लक्ष्मी क्यापिटल संगको यस सम्झौताले उर्जा डेभलपर्सको पोर्टफोलियो र कम्पनी अन्तर्गत रहेका अन्य परियोजनाहरूको लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
ताजा अपडेट
-
आज चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, कार्यतालिका यस्तो छ
-
स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्दै विश्वकप इतिहासमा कतारले रच्यो इतिहास
-
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी
-
यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना


प्रतिक्रिया