राजु श्रीवास्तव : कानपुरदेखि मुम्बईहुँदै दिल्लीमा अस्ताए
काठमाडौं । बुधबार निधन भएका हाँस्य कलाकार राजु श्रीवास्तवको जन्म भारतको उत्तर प्रदेशको कानपुरमा एक मध्यमवर्गीय परिवारमा भएको थियो ।
त्यसपछि उनी प्रारम्भिक शिक्षा पूरा गरेपछि चलचित्र उत्पादनको केन्द्र मुम्बईमा आफ्नो प्रतिभा प्रस्तुत गर्न पुगेका थिए ।
कानुनपुरमा जन्मिएर मुम्बईमा लामो संघर्षपछि करिअर बनाएका श्रीवास्तवको निधन भने राजधानी नयाँ दिल्लीमा भएको छ ।
बाल्यकालदेखि नै उनमा हास्यव्यङ्ग्यको अद्भूत चेत थियो । उनी त्यसैबेलादेखि हास्य कलाकार बन्न चाहन्थे । प्रारम्भमा सानो चरित्रका साथ चलचित्र जगत्मा प्रवेश गरेका उनले ‘तेजाब, मैने प्यार किया, बाजिगर, आमदानी अठन्नी खर्च रूपैया, मै प्रेम दिवानी हुँ, बिग ब्रदर, बम्बै टु गोआ’ लगायत धेरै चलचित्रमा अभिनय गरेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया