NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

काठमाडौं महानगरले गर्‍याे बाह्य विज्ञापन निषेध

काठमाडौं । राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्डरडिजिटल बोर्डरअन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ ।

यस्ता विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ । उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ ।

सूचना उल्लङ्घन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।