सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन तोलामा ५०० रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन तोलामा ९१ हजार ३०० रुपैयाँ कायम छ भने चाँदी १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम छ । बुधबार चाँदी तोलामा ११ सय ७० रुपैयाँ निर्धारण गरिएको थियो ।
प्रतिक्रिया