सुडानमा बाढीबाट १४६ जनाको मृत्यु
खार्तोम । सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको संख्या एक सय ४६ पुगेको छ भने अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ । नेसनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो ।
सो काउन्सिलले सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी बुधबार दिएको छ । हालै आएको बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरु सात हजार घरमा क्षति पुगेको छ ।
उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पुर्याएको बताइएको छ । बाढीबाट दशौँ हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षतिसमेत पुर्याएको छ ।
यो बाढीबाट गएको जुन महिनादेखि कम्तीमा पनि एक लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन् । उनीहरुमध्ये आधाभन्दा बढीको त घर ध्वस्त भएकाले विस्थापित भएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया