भीमफेदी बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत

हेटौँडा । हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये ६ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका–२४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी–३ का ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका–३१ का ४५ वर्षीय हृदयनारायण पञ्जियार, भारत बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा, नुवाकोटका ३४ वर्षीय रघुराज नेउपाने र बाराको झिटकैया–४ का ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइ रहेका छन् । बाँकी मृतक एकजनाको सनाखत हुन बाँकी छ ।
गम्भीर घाइते चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा अन्य २१ घाइतेको हेटौँडा अस्पतालमा हुँदैछ ।
ताजा अपडेट
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
प्रतिक्रिया