एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू
काठमाडाैं । एनआइसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाईल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाईल बैंकिङ एप प्रयोगकर्ता रहेका छन् ।
मोबाईल बैंकि एप प्रयोगकर्ताले मोबाईल बैंकिङ एपमा रहेको क्युआर भुक्तानी गर्ने बिकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने छन् । साथै बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ एन आइ सी एसिया मोबैंक एप डाउनलोड गरी लाईट ९वालेट० अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्ने छन् ।
यो सुबिधा सुरु भएसँगै बैंकको मोबाईल बैंकिङ सेवामा नयाँ आयाम थपिएको छ । साथै स्मार्ट क्युआरमार्फत भुक्तानी लिने ब्यबसायीलाई पनि बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ता सँग भुक्तानी लिन सहज भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया