बुल्गेरियाका दुई नगरपालिकामा आपतकालीन अवस्था घोषणा

एजेन्सी । टर्कीको सिमानामा रहेका बुल्गेरियाका दुईवटा नगरपालिकाले आप्रवासीको दबाबका कारण शुक्रबार आपतकालीन अवस्था घोषणा गरेको अधिकारीहरूले बताएका छन्।
हस्कोभो क्षेत्रीय प्रशासनले विज्ञप्ति जारी गर्दै स्विलेनग्राद र टोपोलोभग्रादका नगरपालिकामा अर्को बिहीबारसम्म आपतकालीन अवस्था लागू हुने जनाइएको छ।
बुल्गेरिया–टर्की सीमामा बढ्दो आप्रवासी दबाबका कारण आपतकालीन अवस्था घोषणा गरेको हास्कोभो क्षेत्रका गभर्नर मिन्को एन्जेलोभले बताएका छन् । यसको प्रमुख उद्देश्य मानवीय, वातावरणीय र अर्थतन्त्रमा हुनसक्ने सम्भावित क्षति रोक्नु रहेको बताइएको छ ।
बुल्गेरियाको आन्तरिक मन्त्रालयले आप्रवासीको दबाब बढ्दो रहेको उल्लेख गर्दै आएका छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया