दक्षिण कोरियाले भन्यो : ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार उत्तर कोरियाले गरेको हो
एजेन्सी । दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका हुन् ।
उत्तर कोरियाली उत्तरी प्रान्त तायचोनको सामुन्द्रिक पानीमा स्थानीय समय अनुसार आइतबार बिहान ६ः५३ बजे सो क्षेप्यास्त्र हानेको दक्षिण कोरियाली सेना प्रमुखले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका हुन् ।
दक्षिण कोरिया उत्तरबाट हुन सक्ने यस्तो आक्रमणको प्रतिकार गर्न सक्ने पूर्ण क्षमताका साथ अमेरिकाको समन्वयमा पूर्ण तयारीका साथ रहेको जानकारी पनि सो विज्ञप्तिमा दिइएको छ ।
दक्षिण कोरियाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी एक सैनिक समूह दक्षिण कोरियाली बुसान सहरमा आएको दुई दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको छ ।
यसै महिना दक्षिण कोरियाली र अमेरिकी सैनिकले संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेको बुझिएको छ । सोही तयारीको समयमा उता उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको बताइएको छ ।
यस अघि पनि उत्तर कोरियाले पटक पटक छोटो दुरीका यस्ता ब्यालेस्टिक क्षेप्यास्त्रहरु प्रहार गर्ने गरेको छ । यसै वर्ष पनि उत्तर कोरियाले कैयौँ पटक यस्ता क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया