भ्रष्टाचार गरेको अभियोगमा तत्कालिन गाविस सचिवविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव रामरतन मण्डलसमेत दुई जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
साविक चक्कर गाविसका विभिन्न वडाका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको तर त्यसका लागि कुनै पनि रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव केवटले रञ्जित साहसँगको मिलेमतोमा गैरकानुनीरुपमा नौ लाख ७६ हजार ९०० बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।
आयोगले सरकारी स्रोतबाट प्राप्त रकमको गैरकानूनीरुपमा दुरुपयोग गरेको अभियोगमा बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया