नेप्सेकाे ओरालो यात्रा जारी
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै २४ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अंकले ओरालो लागेर एक हजार ८१५ दशमलब १३ मा ओर्लेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ८३ अंकले ओरालो लागेर तीन सय ५५ दशमलब ६० मा सीमित भएको छ । कूल दुई सय २८ कम्पनीको ४० लाख १४ हजार चार सय १९ कित्ता शेयर रु एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ मूल्यमा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट आएको छ । आइतबारको कारोबारपछि बजार पुँजीकरण २६ खर्ब आठ अर्ब तीन करोड ४६ लाख ९६ हजार आठ सय ६६ बराबर रहेको छ ।
कारोबारका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ । सो बैंकको २६ करोड दुई लाख ५७ हजार पाँच सय १८ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु चार करोड २९ लाख ७८ हजार चार सय ५३, रिडी पावर कम्पनी तीन करोड ४९ लाख ८२ हजार, नेपाल पूर्वाधार बैंक दुई करोड ५९ लाख ४० हजार दुई सय ९३ र अरुण काबेली पावरको दुई करोड २३ लाख २५ हजार चार सय ७९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नबिल इक्विटी फण्ड दुई दशमलब ९४, लक्ष्मी बैंक दुई दशमलब ६६, एनआइबीएल प्रगति फण्ड दुई दशमलब ५६ र जोशी हाइड्रोपावरका लगानीकर्ताले दुई प्रतिशतले कमाएका छन् ।
यस्तै तेह्रथुम पावर सात दशमलब ९०, कुमारी धनवृद्धि योजना सात, सामुदायिक लघुवित्त छ दशमलब ६५, नेपाल पूर्वाधार बैंक छ दशमलब ४१ र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ७४ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया