ज्याकलिनलाई राहत, सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले दियो अन्तरिम जमानत

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अन्तरिम जमानत दिइएको छ । ज्याकलिनका वकिलको आग्रहमा अदालतले उनलाई ५० हजार रुपैयाँ धरौटीमा अन्तरिम जमानत दिएको हो।
अभिनेत्री ज्याकलिन २०० करोडको ठगी मुद्दामा नराम्ररी फसेकी छन् । यस मामिलामा ज्याकलिनसँग लगातार सोधपुछ भइरहेको छ । यति मात्र होइन, यस विषयमा अनुसन्धानको लहरो लिपाक्षीसम्म पुगेको छ । यी सबै सोधपुछपछि प्रवर्तन निर्देशनालय (इडी) ले पनि ज्याकलिनको सुकेश चन्द्रशेखरसँग सम्बन्ध रहेको दाबी गरेको छ । त्यसपछि अभिनेत्रीलाई पटियाला हाउस कोर्टले बोलाएको थियो। यसैक्रममा ज्याकलिन पटियाला हाउस कोर्ट पुगेकी हुन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार ज्याकलिनका वकिलले उनको लागि पटियाला हाउस कोर्टमा जमानतको आवेदन दिएका थिए। साथै, अतिरिक्त सत्र न्यायाधीश शैलेन्द्र मलिकले पनि ज्याकलिनको जमानत याचिकामा ईडीसँग जवाफ मागेका छन्। त्यतिन्जेल उनको नियमित जमानत अदालतमा विचाराधीन छ ।
यसअघि पनि दिल्लीको आर्थिक अपराध शाखाले ज्याकलिनसँग लामो समयसम्म सोधपुछ गरेको थियो । यो सोधपुछ करिब १५ घण्टासम्म चलेको थियो, जसमा ज्याकलिनले धेरै गम्भीर प्रश्नहरूको सामना गर्नुपरेको थियो । यी सबैको बीचमा, ईडीले आफ्नो चार्जशीट दायर गरेको थियो, जसमा ज्याकलिनलाई पनि २०० करोडको असुलीमा आरोपित गरिएको थियो । यो आरोपमा धेरै साक्षी र प्रमाणहरूको आधार बनाइएको छ। त्यसक्रममा उनले ठग सुकेशबाट धेरै महँगो उपहार लिएको स्वीकार गरिन् । ज्याकलिनबाहेक यस केसमा नोआ फतेही र निक्की ताम्बोलीलगायत अन्य अभिनेत्रीहरु पनि संलग्न छन् । उनीहरूमाथि पनि प्रश्न उठाइएको छ । २०० करोड फिरौतीको आरोपमा सुकेश चन्द्रशेखर हाल दिल्लीको जेलमा छन् । उनीविरुद्ध १० भन्दा बढी आपराधिक मुद्दा दर्ता छन्।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया