मध्य रुसको एक विद्यालयमा गोली चल्दा ६ बालबालिकाे मृत्यु
एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
पीडितको विषयमा हाल विस्तृत विवरण भने प्राप्त नभएको पनि मन्त्रालयले जानकारी दिएको छ । गोली चलाउने व्यक्तिको शव अहिले प्रहरीले फेला पारेको बताइएको छ ।
उनले आत्महत्या गरेका जनाइएको छ । उनको घृणित कार्यबाट ६ जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका मन्त्रालयले टेलिग्राममा जानकारी दिएको छ । यस शहरका गभर्नर अलेक्जेन्डर ब्रेचालोभले मृत्यु हुनेमा बालबालिका रहेको पुष्टि गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया