पुस्तक ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य र काव्य विभागको संयोजनमा महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको लेखनीमा ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ कृति प्रकाशन भएको छ ।
कृतिमा दुई सय ३२ जना कविका प्रकाशित र केही अप्रकाशित चार सय ३२ महाकाव्यात्मक कृतिको अध्ययन गरिएको छ । प्रस्तुत कृतिमा पछिल्लो अध्ययनअनुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ विसं १८२२० देखि विसं २०७८ सम्म लेखिएका महाकाव्यको विश्लेषण गरिएको छ ।
यस क्रममा महाकाव्यको सिद्धान्त र नेपाली महाकाव्यको इतिहासका साथै नेपाली कवितामा शास्त्रीय छन्दप्रयोगको परम्परा र नेपाली महाकाव्यसम्बन्धी अन्य केही महत्वपूर्ण तथ्यसमेत दिइएको छ । अध्ययनका क्रममा कविको परिचय र त्यसपछि महाकाव्यको सङ्क्षिप्त विश्लेषण गरिएको छ ।
विश्लेषणका क्रममा विषयवस्तुका साथै संरचनागत पक्ष–सर्गगत, प्रकरणगत र छन्दगत विवरण दिई कृतिलाई सूचनामूलक र उपयोगी बनाइएको छ ।
९३६ पृष्ठको कृतिको प्रकाशनपछि नेपाली महाकाव्यका सम्बन्धमा एउटा महत्वपूर्ण सामग्री उपलब्ध भएकाले यसले महाकाव्यका विविध विषयमा जानकारी लिन चाहनेलाई लाभान्वित तुल्याउने छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया