सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार यसको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, आज तेजावी सुन तोलामा ९० हजार ९०० रुपैयाँ कायम छ । मंगलबार तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो ।
महासंघका अनुसार आज चाँदी अघिल्लो कारोबारको तुलनामा १० रुपैयाँ घटेर ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार यसको मूल्य ११ सय ६० रुपैयाँ थियो ।
प्रतिक्रिया