कांग्रेसलाई ७६ सिट पक्का, कुन प्रदेशका कुन क्षेत्र पायो ?
काठमाडौं । सत्ता गठबन्धन दल प्रतिनिधिसभाका १६५ सिटमा भागबण्डाको मोटामोटी सहमतिनजिक पुगेका छन् । सत्तारुढ दल मिलेर ४ मंसिरको चुनाव लड्ने भएपछि दलहरू प्रतिनिधिसभाका सिटमा भागबण्डानजिक पुगेका हुन् ।
भागबण्डमा कांग्रेसले ८५ सिटसम्म पाउने टुंगो लागेको छ । तर अहिलेसम्म ७६ सिट कांग्रेसको भागमा पक्का भएको छ ।
यसरी कांग्रेसको भागमा पक्का भएका सिटमा प्रदेश १ का १६, मधेस प्रदेशका १२, वागमतीका १५, गण्डकी र लुम्बिनीका १०/१०, कर्णालीका ५ र सुदूरपश्चिमका ८ सिट छन् । सत्तारुढ कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाबीचको सहमतिमा सत्ता नेतृत्वकर्ता दलले सबैभन्दा बढी सिटमा उम्मेदवार उठाउन पाउने भएको हो ।
तराई मधेसका केही सिटमा अझै पनि कांग्रेस र जसपाबीच कुरा मिल्न बाँकी छ । यी सिटमा कुरा मिल्दा कांग्रेसको अझै ७/८ सिट बढ्ने भएको छ ।
अरु दल कसलाई कति ?
कांग्रेसका बाहेक माओवादीले ४५/४६ सिट पाउने भएको छ । नेकपा एसका पनि १२ सिट पक्का भएको छ । जसपाले १४ सिट पाउने पक्का भएको छ । कांग्रेससँग अझै केही सिट मिलाउन बाँकी छ । यी २ दलकाे सिट अझै केही बढ्ने देखिन्छ ।
यस अघि कांग्रेसले एक सय सिट दाबी गरेर ९० मा अडान देखाउने तयारी गरेको थियो । तर सत्ता गठबन्धनका दल तयार नभएपछि उ ८४/८५ सिटसम्म पनि घट्न तयार भएको हो । माओवादी पनि ५० सिटको अडानबाट ४५ हाराहारीमा मान्न तयार भएको छ । नेकपा एस र जसपा १५ देखि २० सिटसम्म मान्ने अवस्थामा आइपुगेका छन् ।
छलफल प्रदेशसभा केन्द्रित
केही विवादितबाहेक प्रतिनिधिसभाका धेरै क्षेत्र टुंगो लगाएपछि सत्तारुढ दलहरू प्रदेशसभाका ३३० सिटको बाँडफाँटमा लागेका छन् । यसको लागि तीनदेखि गठबन्धनका नेता छलफलमा जुटेका छन् । कतिपय प्रतिनिधिसभाको क्षेत्र प्रदेशसभाको भागबण्डा अनुसार पनि मिलाउन बाँकी रहेकोले दलहरू बाँकी क्षेत्रको टुंगो प्याकेजमा नै लगाउने समझदारीमा पुगेका हुन् ।
यी हुन् कांग्रेसले प्रदेशगत रुपमा पाउन लागेका प्रतिनिधिसभाका सिट
प्रदेश १ बाट १६ सिट
झापा १, २, ३
पाँचथर
इलाम २
धनकुटा
ओखलढुंगा
उदयपुर १
संखुवासभा
मोरङ १, २, ३, ६,
सुनसरी २, ३, र ४
प्रदेश २ बाट १२ सिट
सप्तरी ४,
सिरहा १,
सर्लाही ४
सर्लाहीका थप २
रौतहट ४
सिरहा २ र ३ मध्ये १
धनुषाका ४ मध्ये २
महोत्तरी २
बारा १
पर्सा १
वागमती प्रदेशबाट १५
सिन्धुली १
रसुवा
धादिङ २
काभ्रे २
सिन्धुपालञ्चोक २
काठमाडौं १, ३, ४, ५, ६ (५ सिट)
भक्तपुर २
ललितपुर १, २
चितवन २
मकवानपुर १
गण्डकी प्रदेशबाट १०
मनाङ
मुस्ताङ
कास्की ३
नवलपुर १, २
म्याग्दी
पर्वत
स्याङ्जा १
तनहुँ १
गोरखा २
लुम्बिनी प्रदेशबाट १०
नवलपरासी (बर्दघाट सुस्ता)१
नवलपरासी (बर्दघाट सुस्ता) २
दाङ ३
गुल्मी १
पाल्पा १
कपिलवस्तु २
बर्दिया १
बाँके ३
अर्घाखाँची
रूपेन्देही ३
कर्णाली प्रदेशबाट ५
सुर्खेत १ र २
जुम्ला र मुगु दुई मध्ये एक
हुम्ला
दैलेख १ र २ मध्येबाट एक
सुदूरपश्चिम प्रदेशबाट ८
डडेलधुरा
दार्चुला
बाजुरा
कञ्चनपुर २ र ३
कैलाली ४ र ५
अछाम २
प्रतिक्रिया