बङ्गलादेशमा डुङ्गा दुर्घटना : मृत्यु हुनेको संख्या ५१ पुग्यो
एजेन्सी । बङ्गलादेशको गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या कम्तीमा पनि ५१ जना पुगेको समाचारमा जनाइएको छ । बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो ।
त्यसमा परी मृत्यु हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको बताइएको छ । यहाँका अधिकारीहरुले सो डुङ्गा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी रहेको बताएका छन् ।
अधिकारीहरूले सोमबार रातिसम्म यहाँ थप व्यक्तिको शव भेटिएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको बताएका हुन् ।
यहाँका स्थानीय सञ्चार माध्यमहरूले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए । सो दुर्घटनामा परेर हराएका व्यक्तिको शव भेटिँदै गएको बताएका छन् ।
पञ्जगढ जिल्लाका प्रहरी सुपरीटेन्डेन्ट एस एम सिराजुद हुडाले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको बताउँदै सोमबार रातिसम्ममा यहाँ बेपत्तामध्ये थपको शव भेटिएको र सोमबार रातिसम्म ५१ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।
सो डुङ्गामा एक सय जनाजति यात्रु रहेका बताइएको थियो । अहिले पनि डुङ्गामा रहेका केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी कार्य जारी रहेको ती प्रहरी प्रमुखले जानकारी दिएका छन् ।
प्रहरीले डुङ्गाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको बताएको छ । बङ्गलादेशमा यसरी क्षमताभन्दा बढी व्यक्ति बोक्दा डुङ्गा दुर्घघटना हुने गरेका समाचारहरू आइरहन्छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया