यी देशमा निर्यात हुन्छ नेपालको मह
काठमाडाैं । नेपालको मह विश्वका विभिन्न देशमा निर्यात हुँदै आएको छ । ठूलो परिमाणमा निर्यात नभएपनि नेपालको मह विदेशी भूमिमा पुग्नु भनेको नेपालको लागि गौरवको विषय हो भने यसले नेपालको अर्थतन्त्रलाई सुधार गर्नमा पनि ठूलो भूमिका खेलेको छ ।
नेपाली मह अस्ट्रेलिया, जापान, अमेरिका, भारतसहित विश्वका एक दर्जन देशमा निर्यात हुने गरेको पाइएको छ ।
चालु आव २०७८/७९ को दुई महिनाको तथ्यांकअनुसार नेपालबाट ५० लाखको मह निर्यात भएको छ । तथ्यांकअनुसार साउन र भदौमा ५० लाख ८ हजार रुपैयाँको एक हजार ९२८ केजी मह निर्यात भएको छ ।
विभागकाअनुसार सबैभन्दा धेरै र अस्ट्रेलियामा ३३ लाख ७५ हजार ३३२ केजी मह निर्यात भएको छ । त्यस्तै ११ लाख १९ हजार रुपैयाँको २९७ केजी अमेरिकामा र ५ लाख १४ हजार रुपैयाँको एक हजार २९९ केजी जापानमा निर्यात भएको छ ।
३ करोड ४१ लाखको मह आयात
चालु आवकाे दुई महिनाको अवधिमा नेपालमा ३ करोड ४१ लाख ८१ हजार रुपैयाँको एक लाख २० हजार ५३१ केजी मह आयात भएको छ । सो मूल्य बराबरको मह आयात गर्दा सरकारले ८६ लाख ९७ हजार रुपैयाँको राजश्व संकलन गरेको छ ।
नेपालमा भुटान, भारत, अस्ट्रेलिया, बुल्गेरियालगायतका देशबाट मह आयात हुँदै आएको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया