माल्ट बियरको माग भारतीय बजारमा
काठमाडाैं । आयातको तुलानमा नेपालमा निर्यात निकै नै कम मात्रामा हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को २ महिनामा २ खर्बको वस्तु आयात हुँदा २८ अर्बको वस्तु निर्यात भएको छ ।
पछिल्लो समय नेपाली स्वदेशी उत्पादन विश्व बजारमा पुग्न थालेका छन् । पाम तेल, घिउ, गुन्दु्रुक, मह, चिया, कफीलगायतका वस्तुहरु विदेश निर्यात हुँदै आएको छ । यस्तैमा नेपालबाट बियरसमेत विदेश निर्यात हुन थालेको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको तथ्यांकअनुसार नेपालबाट माल्ट बियर भारतमा बढी माग भएको पाइएको छ । तथ्यांकअनुसार चालु आवको दुई महिनामा १ करोड १४ लाख ९६ हजार रुपैयाँको २ लाख २८५ लिटर बियर भारतमा निर्यात भएको छ ।
माल्ट बियरको माग अस्ट्रेलियामासमेत भएको देखिन्छ । दुइ महिनामा अस्ट्रेलियामा ७६ लाख ९७ हजार रुपैयाँको ४५ हजार १४४ लिटर निर्यात भएको छ । त्यस्तै जापानमा ५९ लाख २० हजार मूल्य बराबरको माल्ट बियर निर्यात भएको पाइएको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया