विश्वका यी तीन देशमा निर्यात हुन्छ नेपाली रुद्राक्ष
काठमाडौं । चालु आर्थिक वर्ष ७९/८० को दुई महिनामा ३६ लाख रुपैयाँ बराबरको रुद्राक्ष निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई महिनामा ३६ लाख ६६ हजार रुपैयाँको रुद्राक्ष निर्यात भएको हो ।
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ३ करोड ३२ लाख रुपैयाँको रुद्राक्ष निर्यात भएको थियो । नेपालबाट निर्यात हुने रुद्राक्ष विश्वका ३ वटा देशमा निर्यात हुँदै आएका छन् । विभागका अनुसार चीन, भारत र अमेरिकाले नेपालबाट रुद्राक्ष किन्ने गरेको छ ।
दुई महिनाको अवधिमा भने चीन र भारतले रुदाक्ष निर्यात गरेको छ । जसमध्ये भारतमा सबैभन्दा बढी ३३ लाख ९२ हजार रुपैयाँको रुदाक्ष निर्यात भएको छ । त्यस्तै चीनले २ लाख ७४ हजार रुपैयाँको रुद्राक्ष निर्यात गरेको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया