विश्वका यी तीन देशमा निर्यात हुन्छ नेपाली रुद्राक्ष

काठमाडौं । चालु आर्थिक वर्ष ७९/८० को दुई महिनामा ३६ लाख रुपैयाँ बराबरको रुद्राक्ष निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई महिनामा ३६ लाख ६६ हजार रुपैयाँको रुद्राक्ष निर्यात भएको हो ।
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ३ करोड ३२ लाख रुपैयाँको रुद्राक्ष निर्यात भएको थियो । नेपालबाट निर्यात हुने रुद्राक्ष विश्वका ३ वटा देशमा निर्यात हुँदै आएका छन् । विभागका अनुसार चीन, भारत र अमेरिकाले नेपालबाट रुद्राक्ष किन्ने गरेको छ ।
दुई महिनाको अवधिमा भने चीन र भारतले रुदाक्ष निर्यात गरेको छ । जसमध्ये भारतमा सबैभन्दा बढी ३३ लाख ९२ हजार रुपैयाँको रुदाक्ष निर्यात भएको छ । त्यस्तै चीनले २ लाख ७४ हजार रुपैयाँको रुद्राक्ष निर्यात गरेको छ ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया