मन्दिरभित्र प्रवेश गर्दा दलितमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौं । बाजुरामा एक मन्दिरमा दलित पसेको भन्दै कुटपिट भएको छ । कुटपिट गर्ने वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा हालै यो घटना भएको हो । मन्दिर प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गर्ने वडाध्यक्षसहित ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता भएको हो ।
त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाविरुद्ध बिहीवार जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
वडाध्यक्ष अयडी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
वडाध्यक्ष अयडीसहित रंगलाल पाध्याय र विनोद अयडीले निर्घात कुटपिट गरी नगद ६० हजार नगद रुपैयाँसमेत लुटेको भन्दै पीडित सुनारले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा ३ जनाविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
मन्दिरमा पूजा गरिरहेको बेला कुटपिट भएका उनको आँखा, ढाड र छातिमा चोट लागेको छ ।
वडाध्यक्ष अयडीलाई पक्राउ गरिए पनि पाध्याय र विनोद फरार रहेको उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया