विराटनरगर महानगरको सरसफाइ अभियान चौथो हप्तामा
विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेको महानगर सफाइ विशेष अभियान चौथो हप्तामा प्रवेश गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर–१ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाइ गरिएको छ । झाडु बोकेर महानगरका प्रमुख नागेश कोइराला सफाइ अभियानमा आफैँ खटिएका थिए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, विराटनगर–१ को समन्वयमा भएको अभियानमा विराटनगर–१ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ४ का जितन थापा, ५ का सन्तोष न्यौपानेसहित कर्मचारी, नगर प्रहरीलगायतको सहभागिता थियो ।
महानगरको सफाइ विशेष अभियानमा स्थानीयसमेतले साथ दिएका थिए । घर–घरबाट निस्किएर स्थानीयले सडक, फुटपाथ र नालीको सरसफाइ गरेका थिए । “हामी सबै मिलेर काम ग¥यौँ भने पक्कै पनि महानगर सफा, सुन्दर, हरियाली बत्रेछ”, महानगरका प्रमुख कोइरालाले भने, “कम्तीमा आफ्नो घर, पसल र कार्यालय अगाडि सफा राख्ने बानी गरियो भने महानगर त्यतिकै सफा हुन्छ ।” सरसफाइलाई प्राथमिकतामा राखेर काम गर्नुस् उनको भनाइ थियो ।
बाहिरबाट आउने आगन्तुकले पहिलो पटक त सहरलाई नै हेर्ने हो, फोहोर भयो भने पहिलो पटक बाहिरबाट आउने मानिसमा नकारात्मक प्रभाव पर्ने भएकाले सबैले यसमा ध्यान दिनुपर्ने प्रमुख कोइरालाको भनाइ छ ।
सरसफाइ विशेष अभियानमा जनसहभागिता बढ्दै गएको वडा नं १ का अध्यक्ष काजी बस्नेतले जानकारी दिए । यो अभियानले अहिले विराटनगर पहिलेको तुलनामा निकै सफा देखिएको छ भने महानगरले प्रत्येक शुक्रबार र जिल्ला प्रशासन कार्यालय मोरङले प्रत्येक शनिबार यो अभियानलाई निरन्तरता दिँदै आएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया