बुवा र ठूलीआमाको हातबाट ओलीले लगाए साइतको टीका
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट टीका तथा प्रसाद ग्रहण गरेका छन् ।
दशैंको अवसरमा तीन दिनदेखि ओली गृहनगर दमकस्थित आफ्नै निवासमा रहेका थिए । उनले बुवाको साथै ठूलीआमा हरिमाया ओलीको हातबाट टीका लगाएका हुन् । ओलीले बुधबार बिहान ११ : ५१ बजेको साहितमा टीका लगाए हुन् ।
आफूले टीका लगाउनुअघि उनले करिब एक घण्टा सर्वसाधरणलाई टीका लगाइदिएका थिए । उनी धर्मपत्नी राधिका शाक्यका साथ सोमबार झापा गएका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया