बुवा र ठूलीआमाको हातबाट ओलीले लगाए साइतको टीका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट टीका तथा प्रसाद ग्रहण गरेका छन् ।
दशैंको अवसरमा तीन दिनदेखि ओली गृहनगर दमकस्थित आफ्नै निवासमा रहेका थिए । उनले बुवाको साथै ठूलीआमा हरिमाया ओलीको हातबाट टीका लगाएका हुन् । ओलीले बुधबार बिहान ११ : ५१ बजेको साहितमा टीका लगाए हुन् ।
आफूले टीका लगाउनुअघि उनले करिब एक घण्टा सर्वसाधरणलाई टीका लगाइदिएका थिए । उनी धर्मपत्नी राधिका शाक्यका साथ सोमबार झापा गएका थिए ।
प्रतिक्रिया