NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

विनोद चौधरीलाई नवलपरासीबाट चुनाव लड्न कांग्रेसको टिकट

काठमाडौं । उद्योगपति विनोद चौधरी नवलपरासी(बर्दाघाट सुस्ता पश्चिम) १ बाट चुनाव लड्ने भएका छन् । नेपाली कांग्रेसले उनलाई उक्त क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको हो ।

अघिल्लो प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ टिकट पाएका उनी यसपटक भने पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् । त्यसअघि ०७० को संविधान सभा चुनावमा नेकपा एमालेले उनलाई प्रत्यक्षतर्फ उठाउने प्रस्ताव गरेको थियो । तर, चौधरीले मानेनन् ।

०६४ को संविधान सभा चुनावमा एमालेको तर्फबाट र ०७४ को तर्फबाट कांग्रेसबाट गरेर उनी दुईपटक समानुपातिक सांसद बनिसकेका छन् ।