एमालेको सेखी झार्न रुपन्देही १ मा घनश्यामलाई १२ हजार ८७२ मतकाे कमि, यस्ताे छ हिसाबकिताब

काठमाडौं । मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ मा एमालेका पूर्वनेता घनश्याम भुसाल र एमाले सचिव छविलाल विश्वकर्माबीच रोचक भिडन्त हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी उनले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । भुसालले स्वतन्त्र उम्मेदवारी दिने घोषणासँगै एमालेका दुई प्रभावशाली नेताबीच अमनेसमने हुने भएका हुन् ।
यसअघि एमालेबाट सोही क्षेत्रमा उम्मेदवार बन्न चाहेपनि उनलाई ३ बाट सिफारिस गरिएको थियो । तर अध्यक्ष ओलीले ३ नम्बर क्षेत्रमा पनि भुसाललाई टिकट दिएनन् । सो क्षेत्रमा एमालेले राप्रपाका उम्मेदवार दीपक बोहरालाई सघाउने भएको छ ।
ओलीको दम्भ र स्वच्छाचारीताको बन्दी भएको आरोप लगाउँदै उनले शनिबार पार्टी परित्याग गरेका थिए । एमालेमा वैचारिक नेताको छवि बनाएका भुसालको एमाले बर्हिरगमनले नेता तथा कार्यकर्ता स्तब्ध भएका छन् । गठबन्धनबाट रुपन्देही १ माओवादी केन्द्रको भागमा परेको थियो ।
उनले पार्टी परित्याग गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीको चुनाव चिन्हबाट चुनाव लड्न आग्रह गरेका थिए । तर भुसालले सोही क्षेत्रबाट स्वतन्त्रबाट उम्मेदवारी दिने चाहन व्यक्त गरेपछि गठबन्धनले भुसालाई सघाउने भएको हो ।
के छ अवस्था ?
२०७४ को निर्वाचनमा विश्वकर्माले ३४ हजार ७५२ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी अब्दुल रजाग गद्दिले २६ हजार ८८५ मत पाएका थिए ।
भुसालले पार्टी परित्याग गरिसकेकाले सो क्षेत्रमा एमालेको मत विभाजन हुनेछ । गठबन्धनबाट जसपा बाहिरिएकोले एमालेलाई केही राहत मिल्न सक्छ । सो क्षेत्रमा राप्रपा निर्णाय शक्ति रहेकाले एमालेलाई सहयोग गर्नुपर्ने देखिन्छ । तर केही ठाउँमा मात्र एमालेले राप्रपासँग तालमेल गर्ने नीति लिएकाले सो क्षेत्रबाट राप्रपाले आफ्नै उम्मेदवार उठाएमा एमालेलाई ठूलो धक्का लाग्न सक्छ । एमालेको विजय सुनिश्चिताका लागि राप्रपा र जसपाको मत अनिवार्य देखिन्छ । थपिएकाे नयाँ मतदाताकाे मनाेविज्ञान कस्ताे छ त्यसले पनि आगामी निर्वाचनको मतपरिणामलाई फरक पार्न सक्छ ।
स्थानीय तहको मतपरिणामको आधारमा कसको कति छ मतान्तर ?
गत वैशामा भएको स्थानीय तह निर्वाचनमा रूपन्देही १ मा कांग्रेसले ३२ हजार ९९९ मत पाएको छ । राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, नेकपा एसको १ हजार २४३ र लोसपाको ३२५ मत रहेको छ ।
यो क्षेत्रमा एमालेको जम्मा ३० हजार ३९४ मत रहेको छ । भुसालले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेको मत विभाजन हुनेछ । गठबन्धनको जम्मा मत ३८ हजार ७६९ छ । राप्रपा निर्णाय रहेकाले एमालेलाई साथ दिए एमालेको मत थप १४ हजार ५५२ हुनेछ । जसपाले पनि एमालेका उम्मेदवारलाई साथ दिएमा एमाले गठबन्धनको जम्मा मत ५१ हजार ६४१ हुनेछ । एमालेलाई दुवै दलले साथ रहेमा गठबन्धनसँग एमालेको मतान्तर १२ हजार ८७२ हुनेछ । यदि राप्रपा र जसपाले छुट्टा–छुट्टै उम्मेदवार उठाएमा गठबन्धनसँग एमाले ८ हजार ३७५ ले पछाडि पर्नेछ । यस्तो अवस्थामा एमालेको सेखी झार्न भुसालाई १२ हजार ८७२ मत ल्याउनै पर्ने बाध्यता रहेको छ ।
ताजा अपडेट
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
-
पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग
प्रतिक्रिया