कुनै उम्मेदवार विरुद्ध उजुरी दिन चाहनुहुन्छ ? यस्तो छ प्रक्रिया

काठमाडौं । निर्वाचनमा उम्मेदवार जस्तै हरेक मतदाताको बिशिष्ट भूमिका र दायित्व हुन्छ । आफ्नो निर्वाचन क्षेत्रमा कस्ता व्यक्ति उम्मेदवार बन्दैछन् ? उम्मेदवार बनेको व्यक्ति विगतमा कुनै अपराधमा वा उम्मेदवार बन्न अयोग्य हुने गरी कुनै गतिविधिमा संलग्न पो थियो कि ?
यस्ता विषयमा निर्वाचन आयोगलाई उजुरी दिएर त्यस्ता व्यक्तिलाई उम्मेदवार हुनबाट रोक्ने जिम्मेवारी तपाई मतदाताको हो ।
आयोगले तपाईलाई त्यस्तो अधिकार प्रयोग गर्न निश्चित समय दिएको छ ।
निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म प्रकाशन भइसक्नेछ ।
त्यसपछि उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म रहनेछ । यो समयभित्र तपाईले प्रत्येक उम्मेदवारको विरुद्ध निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा गएर सिधा उजुरी दर्ता गराउन सक्नुहुनेछ ।
मनोनयपत्र र उजुरी उपर जाँचबुझ गर्न आयोगसँग असोज २४ गते अपरान्ह ३ देखि २५ गते साँझ ५ बजेसम्मको समय रहेको छ ।
यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न २६ गते अपरान्ह ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया