एमाले पार्टी कार्यालय हेटौँडामा तालाबन्दी
वागमती । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएको विरोधमा एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् ।
पार्टीको कार्यप्रति असन्तुष्टी जनाउँदै तालाबन्दी गरेको बताइएको छ । दुई दिन अगाडिसम्म एमालेले केन्द्रिय सदस्य रामेश्वर रानाको टिकट फाइनल गरेको थियो ।
अन्तिम अवस्थामा कमल थापालाई उम्मेदवारीका लागि टिकट दिएपछि एमाले कार्यकर्ता रुष्ट भएका हुन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया