नाइजेरियामा डुंगा दुर्घटनामा परी ७६ जनाको मृत्यु
नाइजेरिया । नाइजेरियामा भएको डुंगा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । दक्षिणी सहर अनाम्बरामा सो डुंगा दुर्घटना भएको हो
सो दुर्घटनाको नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले आइतबार पुष्टि गरेका छन् । त्यहाँ भएको सो दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको र यहाँका सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको हो ।
शुक्रबार राति सो दुर्घटना भएको थियो । त्यस दुर्घटनाप्रति राष्ट्रपति बुहारीले सो विज्ञप्तिमा दुःख पनि व्यक्त गरेका छन् । गत शुक्रबार ८५ जना यात्रु लिएर गएको डुंगा देशको दक्षिणी प्रान्त अनाम्बराको ओग्बुरुमा पुगेर दुर्घटनामा परेको थियो । त्यसमा रहेका अरु यात्रुको उद्धार गरिएको थियो ।
त्यस समयमा आएको बाढीका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । डुङ्गा दुर्घटनामा परेपछि त्यसमा रहेका यात्रुको उद्धारका लागि राष्ट्रपति बुहारीले आवश्यक सहयोग गर्न देशका सबै सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
नाइजेरियामा समय समयमा डुंगा दुर्घटना हुने गर्दछ । यहाँ विशेषगरी क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले डुंगा दुर्घटनामा पर्ने गरेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया