NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

पहिरोमा परी २२ को मृत्यु, ५२ जना बेपत्ता

भेनेजुएला । भेनेजुएलामा बाढी र पहिरोमा परेर कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । सो पहिरोमा परेर अरु ५२ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् । भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो खसेको थियो ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले आइतबार सो दुर्घटनाको घोषणा गरेका थिए । उनले आइतबारदेखि तीन दिनसम्म देशव्यापी रुपमा शोकको पनि घोषणा गरेका छन् ।

यहाँको उत्तरी आर्गु प्रान्तमा अविरल वर्षापछि नदीहरु बढेका र यसपछि आएको बाढीबाट पहिरो गएको पनि राष्ट्रपति मोदुरोको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिका अनुसार राष्ट्रपति मोदुरोले विपद्मा परेकालाई उद्धारका लागि खट्न पनि आग्रह गरिएको छ । यहाँको गृह मन्त्रालयले दिएको जानकारी अनुसार सो पहिरोबाट हराएकाको खोजीका लगि करिब एक हजार जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पहिरोको नजिकका बस्तीहरुलाई पनि सार्न थालिएको छ । त्यसका लागि पनि उद्धारकर्मी तथा सुरक्षा निकायका अधिकारीहरुले खटिरहेका बताइएको छ ।