चीनमा ८३.४ मिटरको रुख सबैभन्दा अग्लो

साङ्घाइ । चीनमा रहेकामध्ये ८३.४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरुको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुख सम्बन्धी विवरण आइतवार सार्वजनिक गरेको हो ।
साङ्घाइ चेन्शन बोटानिकल गार्डेनले देशभरी रहेका रुखहरु मध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । किर्तिमानी सो सबैभन्दा अग्लो रुखको नाम ‘अबिज एर्नेस्ती वर सालौएनेन्सीस’ राखिएको छ ।
चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने पहाडी भूभाग तिब्बत स्वशासित क्षेत्रमा सो रुख रहेको जनाइएको छ । औसत रुखको उचाई भने दुई हजार ८०० रहेको छ । यो सबैभन्दा अग्लो रुखको पहिचान पहिलो पटक गत मे महिनामा गरिएको थियो । चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको इस्ष्टीच्युड अफ बोट्नीले सुरुमा त्यसको पहिचान गरेको हो । त्यही रुख नै देशभरीको सबैभन्दा अग्लो रुख हो भन्ने कुराको दोस्रो पटक गत अगस्टमा पुष्टि गरिएको थियो ।
सबैभन्दा अग्लो रुख पहिचान गर्न ड्रोनको प्रयोग गरिएको थियो । त्यस रुखको मोटाइ भने दुई सय ७ सेन्टीमिटर रहेको छ । यो रुख तीन सय ८० वर्ष पुरानो भएको पनि दाबी गरिएको छ ।
ताजा अपडेट
-
‘२०८३ मंसिर अघि महाधिवेशन हुन्छ’-गगन थापा
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
प्रतिक्रिया