युक्रेनका धेरै सहरहरुमा क्षेप्यास्त्र प्रहार
युक्रेन । युक्रेनका राजधानी किभसहित कैयौ युक्रेनी शहरहरुमा सोमबार भएका क्षेप्यास्त्र हमलामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका राष्ट्रिय प्रहरी स्रोतले जानकारी दिएको छ ।
रुसले किभमा ठूला हमलाहरु गरेको र अधिकांश क्षेप्यास्त्र राजधानीको केन्द्रमा परेका जनाइएको छ । पाँच जनाको मृत्यु हुनुको साथै १२ जना घाइते भएका राष्ट्रिय प्रहरी सेवाले फेसबुकमार्फत एक विज्ञप्तिमा जानकारी दिएको छ । मस्कोले जोड्ने पुलमा विस्फोटको लागि युक्रेनलाई दोष लगाएको एक दिनपछि यसप्रकार क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ ।
देशका धेरै शहरहरूमा क्षेप्यास्त्र आक्रमणको चपेटामा रहेका र जनतालाई आश्रयमा बस्न युक्रेनका राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले सामाजिक सञ्जालमा आह्वान गरेका छन् । किभमा रहेका एएफपी संवाददाताहरूले स्थानीय समयानुसार सोमबार बिहान ८:१५ बजे ठूलो विस्फोटहरु भएको बताएका छन् ।
एक क्षेप्यास्त्र बालबालिकाको खेल मैदाननजिकै अवतरण भएको एएफपी पत्रकार जानकारी दिएका छन् । त्यो स्थानमा रहेको ठूलो खाडलबाट धुवाँ निस्किरहेको जनाइएको छ । युक्रेनको राजधानीमा रुसी आक्रमण जारी रहेको र सहरको केन्द्रहरुमा क्षेप्यास्त्र प्रहार भएका मेयर भिटाली क्लिट्स्कोले सामाजिक सञ्जालमा भनेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया