इरानको जेलमा झडप, मानवीय क्षतिको आशंका
इरान । उत्तरी इरानको गिलान प्रान्तस्थित एक बन्दीगृहमा त्यहाँका बन्दीहरुका बीचमा भिडन्त भएको बताइएको छ । सो भिडन्तमा परेर कैयौँ कैदीबन्दी मारिएका अनुमान गरिएको छ । इरानको अर्ध सरकारी समाचार समिति मेहरले सो कुराको जानकारी दिएको छ । सो समितिका अनुसार आइतबार उक्त सहरको लकान बन्दीगृहमा रहेका कैदीहरुका बीचमा झडप भएको थियो ।
गिलान प्रान्तको प्रान्तीय राजधानी प्रान्तको लाकान सहरमा रहेको जेलमा सो झडप भएको थियो । यहाँका एक जेल अधिकारीका अनुसार सो बन्दीगृहमा रहेका कैदीबन्दीहरुका बीचको आपसी विवाद बढ्दै गएपछि एक आपसमा भिडन्त भएको बताइएको छ ।
यस क्रममा भएको झडप र दुई पक्षबीचको भिडन्तमा परेर केही बन्दीको ज्यान गएको बताइएको छ । तर त्यसमा परेर के कतिजनाको ज्यान गयो भन्ने बारेमा भने केही खुलाइएको छैन । जेलका अधिकारीले यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन् ।
इरान सरकारका एकजना अधिकारीले उक्त जेलमा रहेका बन्दीहरु पक्ष विपक्षमा रहेर गरेको भिडन्तमा परेर कैयौँ बन्दीको ज्यान गएको आफ्नो नाम नबताउने सर्तमा जनाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया