नाइजेरिया बाढी : पाँच सयभन्दा बढीको मृत्यु
नाइजेरिया । भारी वर्षाका कारण आएको बाढीमा परी यो वर्ष नाइजेरियामा पाँच सयभन्दा बढीको मृत्यु भएको छ । बाढीमा परेर एक हजार पाँच सय ४६ जना घाइते भएका छन् ।
हालसम्म ३१ राज्य र सङ्घीय राजधानी क्षेत्रमा बाढीबाट १४ लाखभन्दा बढी प्रभावित भएका तथा सात लाख ९० हजार दुई सय ५४ जना विस्थापित भएका मानवीय मामिला, विपद् व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयका स्थायी सचिव नासिर सानी–ग्वारजोले बताएका छन् ।
बाढीबाट ४४ हजारभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त भएका तथा ४५हजार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । एक लाख ४० हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन आंशिक वा पूर्ण रूपमा क्षति भएको अबुजामा बाढीको अवस्था अद्यावधिक गर्ने क्रममा एक जना सरकारी अधिकारीले बताए ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया