नाइजेरिया बाढी : पाँच सयभन्दा बढीको मृत्यु
नाइजेरिया । भारी वर्षाका कारण आएको बाढीमा परी यो वर्ष नाइजेरियामा पाँच सयभन्दा बढीको मृत्यु भएको छ । बाढीमा परेर एक हजार पाँच सय ४६ जना घाइते भएका छन् ।
हालसम्म ३१ राज्य र सङ्घीय राजधानी क्षेत्रमा बाढीबाट १४ लाखभन्दा बढी प्रभावित भएका तथा सात लाख ९० हजार दुई सय ५४ जना विस्थापित भएका मानवीय मामिला, विपद् व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयका स्थायी सचिव नासिर सानी–ग्वारजोले बताएका छन् ।
बाढीबाट ४४ हजारभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त भएका तथा ४५हजार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । एक लाख ४० हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन आंशिक वा पूर्ण रूपमा क्षति भएको अबुजामा बाढीको अवस्था अद्यावधिक गर्ने क्रममा एक जना सरकारी अधिकारीले बताए ।
ताजा अपडेट
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह


प्रतिक्रिया